logo

नबिल बैंकको नबिल केयर स्किम,३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा

    1501   पटक पढिएको

९ मंसिर / अर्थ र व्यापार- नबिल बैंक लिमिटेडले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । बैंकले मेट लाइफसँगको सहकार्यमा १३ वटा घातक रोगको उपचार खर्च उपलब्ध गराउने स्किम ल्याएको हो । बैंकले बीमा स्किमलाई “नबिल केयर”नाम दिएको छ । 

नबिल केयरले खातावालालाई मात्र बीमा सुविधा दिन्छबैंकको जुनसुकै बचत खातामा ग्राहकले २५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ । नियमित ब्याजसँगै यो सुविधा उपलब्ध हुनेछ । १६ देखि ६५ बर्षसम्म उमेरका बचतकर्तालाई बीमा स्किमले समेट्नेछ ।
क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, फुलमिनेन्ट हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भिर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप,प्रमुख अंगरबोनम्यारो प्रत्योरोपण लगायत १३ प्रकारका घातक रोगमा बीमा उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले वताए ।

उपचारका लागि बीमा बापत ३ लाख रुपैयाँ उपलब्ध हुनेछ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा ३ लाखका साथै परिवारलाई थप ७५ हजार रुपैयाँ पनि उपलब्ध हुनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले घातक रोग लागेको सीफारिस डाक्टरले गर्ने बित्तिकै मेट लाइफमार्फत १५ दिनभित्र तीन लाख रुपैयाँ उपलब्ध हुने जानकारी दिए । उपचारका क्रममा कसैको एक लाख मात्र खर्च भए पनि कम्पनीबाट ३ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

नबिल बैंकले बचतकर्ताको प्रिमियम मेट लाइफलाई तिरिदिन्छ । यसमा बार्षिक करिव १५ करोड रुपैयाँ खर्च हुने शाहले जानकारी दिए । बिरामी भएपछि डाक्टरको सीफारिस बैंकको शाखामा लैजानु पर्छ । शाखाले बीमा कम्पनीमा पु¥याइदिन्छ । त्यसपछि १५ दिनमा बचतकर्ताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।