logo

नविल बैंकद्वारा दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ

    1358   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार बैंकले सबैभन्दा दोस्रो राम्रो ‘इक्रा एनपि एल डवल ए माइनस’ प्राप्त गरेको छ । सबैभन्दा राम्रो रेटिङ ‘इक्रा एनपि एल डवल ए’ लाई मानिन्छ ।
बैंकले पाएको रेटिङ अनुसार उक्त ऋणपत्र सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ । ऋणपत्र निष्काशन गर्नु अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ । रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरिन्छ ।

बैंकले प्रदान गरेका ऋणको अवस्था एकदमै सुरक्षित रहेको छ । बैंकले वित्तीय सञ्जाललाई विस्तारै विस्तारै बढाउँदै गरेको हुँदा उक्त ऋणपत्र सुरक्षित देखिएको हो। नाफाका हिसावले नविल निजीस्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने बैंकमा पर्छ । प्रतिवेदन अनुसार बैंकको जम्मा निक्षेपको ३३ प्रतिशत निक्षेप २० जनाको रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। जसमध्ये ४९ अर्ब २९ करोड रुपैयाँ २० जनाको र बाँकी एक खर्ब अन्य सर्वसाधारणको नाममा रहेको छ ।

त्यस्तै ऋण लगानी तर्फ बैंकले २० वटा समुह तथा व्यक्तिको नाममा २७ प्रतिशत प्रवाह गरेको छ । यसले गर्दा बैंकको कस्ट अफ फण्ड तुलनात्मक रुपमा अन्य बैंकको भन्दा कम पर्न जान्छ । यस्तो तथ्याङ्कले बैंकलाई भोलिका दिनमा थप समस्यामा पार्न सक्ने रेटिङ एजेन्सीले जनाएको छ । बैंकको निक्षेप लगानी र कर्जा विस्तार क्रमिक रुपमा बढिरहेको छ । गएका तीन चार वर्षदेखि बैंकले आफ्नो कर्जा लगानी र निक्षेप संकलनलाई विविधीकरण गरिरहेको छ । बैंकले आफ्नो रणनीतिमा शाखा विस्तारलाई प्राथमिकता दिएको हुँदा बैंक अझ सवल र थप प्रतिस्पर्धी हुने एजेन्सीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी मध्ये नविल बैंक दोस्रो बजार पूँजीकरण भएको कम्पनी अन्तर्गत पर्छ । बैंकको हाल ७४ वटा शाखा कार्यालय, १२६ वटा एटिएम रहेको छ । बैंकिङ क्षेत्रमा समग्र निक्षेपमा नविलको मात्रै ५.६२ प्रतिशत हिस्सा छ । ऋण लगानी तर्फ ५.५३ प्रतिशत हिस्सा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।