logo

लायन्स क्लब र नबिल बैंकबीच सम्झौतामा हस्ताक्षर  

    1156   पटक पढिएको

२० असार / अर्थ र व्यापार - नबिल बैंक तथा लायन्स–मल्टिपल डिस्ट्रिकबीच सम्झौता भएको छ । एक विशेष समारोहबीच लायन्स सदस्यहरूलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भयो । उक्त सम्झौतासँगै अब नेपालका लायन्स सदस्यले नबिल बैंकमार्फत सहजै क्रेडिट कार्ड लिन सक्ने छन् भने हरेक कार्डबापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । 

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायव महाप्रबन्धक विनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा विश्वस्त रहेको जानकारी दिए । 

साथै लायन्स मल्टिपल डिस्ट्रिककातर्फबाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सरहाना गर्दै नबिल बैंकलाई धन्यवाद दिँदै यसको फाइदा लिनु हुन सम्पूर्ण लायन्स सदस्यलाई आग्रहसमेत गरे । उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरहरू सुनिल ओझा, सुदर्शन धर प्रधानाङ, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालको उपस्तिथि रहेको बैंकले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।