logo

मुक्तिनाथ विकास बैंकद्वारा एकै पटक थप ६ वटा शाखा स्थापना

    1566   पटक पढिएको

२२ असार / अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकले आधुनिक एकै पटक थप ६ वटा शाखा स्थापना गरेको छ । बैंकले उपत्यकामा चार तथा मोफसलमा दुईवटा शाखा खोलेको हो ।

बैंकले काठमाडौंको टोखा तथा कीर्तिपुर, ललितपुरको बाडेगाउँ तथा इमाडोल, गोरखा र गुल्मीको तम्घासमा शाखा कार्यालय विस्तार गरेको छ । टोखा शाखाको उद्घाटन टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले गरेका छन् । शाखा कार्यालय उद्घाटन गर्दै अधिकारीले बैंकको प्रगतिको कामना तथा बैंकिङ व्यवसाय प्रवर्धनको शुभकामना दिए ।

कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन,बाडेगाउँ शाखाको उद्घाटन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, इमाडोल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल ,गोरखा शाखा उद्घाटन गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र तम्घास शाखाको उद्घाटन रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले गरेका थिए । 

यससँगै देशभर मुक्तिनाथ विकास बैंकका ११९ वटा शाखा पुगेका छन् । बैंकले ११९ शाखा र २५ वटा एटिएममार्फत ६ लाख ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बंैकिङ सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै, बैंकले देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।