logo

मुक्तिनाथ विकास बैंकद्वारा एकै पटक थप ६ वटा शाखा स्थापना

    1276   पटक पढिएको

२२ असार / अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकले आधुनिक एकै पटक थप ६ वटा शाखा स्थापना गरेको छ । बैंकले उपत्यकामा चार तथा मोफसलमा दुईवटा शाखा खोलेको हो ।

बैंकले काठमाडौंको टोखा तथा कीर्तिपुर, ललितपुरको बाडेगाउँ तथा इमाडोल, गोरखा र गुल्मीको तम्घासमा शाखा कार्यालय विस्तार गरेको छ । टोखा शाखाको उद्घाटन टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले गरेका छन् । शाखा कार्यालय उद्घाटन गर्दै अधिकारीले बैंकको प्रगतिको कामना तथा बैंकिङ व्यवसाय प्रवर्धनको शुभकामना दिए ।

कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन,बाडेगाउँ शाखाको उद्घाटन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, इमाडोल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल ,गोरखा शाखा उद्घाटन गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र तम्घास शाखाको उद्घाटन रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले गरेका थिए । 

यससँगै देशभर मुक्तिनाथ विकास बैंकका ११९ वटा शाखा पुगेका छन् । बैंकले ११९ शाखा र २५ वटा एटिएममार्फत ६ लाख ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बंैकिङ सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै, बैंकले देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।