logo

मुक्तिनाथ विकास बैंकको नाफामा ४०.११ प्रतिशतले वृद्धि

    1084   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकको खुद नाफा गत वर्षको चैत मसान्तको तुलनामा ४०.११ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ ।
बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले सुधार भएकोे छ ।

गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा पुगेको हो । बैंकको व्यवसायको आकारसँगै खुद ब्याज आम्दानी बढेसँगै पूँजीवृद्धिको बाबजुत बैंकको प्रतिशेयर आम्दानी सहित समग्र सूचाङ्कमा उत्साहप्रद सुधार देखिएको हो ।यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर एक अर्ब २९ करोड पुगेको छ । गत आवको ९ महिनामा बैंकल ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने जगेडा कोषमा ३४ प्रतिशतले सुधार गर्दै एक अर्ब ५ करोड सञ्चित गरेको छ । बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले निक्षेप ७० प्रतिशत र कर्जा लगानी ६५ प्रतिशतले बढाएको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा तथा मूल्य आम्दानी अनुपात १३.६७ गुणा बढी छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।