logo

पहिलो त्रैमासमा मिथिला लघुवित्त विकास बैंकको नाफा २४२ प्रतिशत बढ्यो

    1675   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार– मिथिला लघुवित्त  विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी सँगै सञ्चालन आम्दानी दुई सय प्रतिशत बढेपछि नाफा पनि उल्लेख्य रुपमा बढेको हो । 

बैंकले सार्वजानिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा करीब ४६ लाख नाफा कमाएको थियो । तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २४२.५२ प्रतिशतले बढेको हो । 

कम्पनीको खराब वा निष्क्रिया कर्जा समेत १.१४ प्रतशित विन्दु घटेर १.३८ प्रतिशतमा झरेकाले नाफामा झन्डै साढे दुई सय प्रतिशतको वृद्धि भएको हो । असोज मसान्तसम्ममा लघुवित्तले ३१ लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढेर २ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी एक करोड ८८ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन आम्दानी गत आवमा ७१ लाख ८४ हजार रुपैयाँ थियो भने यस आवको पहिलो त्रैमासमा बढेर करीब २ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी हाल १२ करोड १७ लाख ४० हजार रुपैयाँ छ । यसको  जगेडा कोषमा ८ करोड ४५ लाख ६७ हजार रुपैयाँ सञ्चित छ । 

असोज मसान्तसम्ममा कम्पनीले ९१ करोड ४१ लाख ९१ हजार रुपैयाँ सापटी तथा ४१ करोड १६ हजार रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१.७९ रुपैयाँ कायम  छ भने प्रतिशेयर नेटवर्थ १६९.४७ रुपैयाँ रहेको छ । यसको सेयरबाट हालको आम्दानीको तुलनामा यसको बजार मूल्य (मूल्य आम्दानी अनुपात) १४.३३ गुणा छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।