logo

मिर्मिरे माईक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद खुल्यो

    1704   पटक पढिएको

५ असार / अर्थ र व्यापार - मिर्मिरे माईक्रोफाईनान्सले असार ५ गतेदेखि सोमबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । लघुवित्तले एक करोड पचास लाख रुपैयाँको एक लाख ५० हजार कित्ता हकप्रद जारी गरेको हो । 

असार ५ गते निष्काशन खुला भएको मिर्मिरे माईक्रोफाईनान्सको हकप्रद साउन ८ गते बन्द हुनेछ । कम्पनीले जेठ १७ गते सेयरधनी किताब बन्द गरेकाले त्यसभन्दा अघिल्लो दिन जेठ १६ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ५० प्रतिशत हकप्रद भर्न पाउनेछन् ।

हकप्रद निष्काशनका लागि लघुवित्तले प्रभु क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ । हकप्रदमा प्रभु क्यापिटल कमलादी तथा मिर्मिरे माईक्रोफाईनान्सको शाखाहरु बनेपा काभ्रे, भरतपुर चितवन, फेनहरा शाखा,नवलपरासी, हेटौडा मकवानपुर, चरिकोट दोलखा, पशुपतिडाँडा धादिङ र कालिकास्थान रसुवाबाट आवेदन सक्नेछन् ।

यस्तै प्रभु बैंकका शाखाहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगञ्ज, मिलन चोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेतरोड नेपालगंजबाट समेत आवेदन बुझ्ने व्यवस्था छ । हकप्रद जारीपछि लघुवित्तको चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस प्रदान गरेको मिर्मिरेको हाल तीन करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

माईक्रोफाईनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ५४ दशमलव १८ रुपैयाँ कायम गरेको छ । कम्पनीको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता २३१९ रुपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।