logo

कान्छो कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड माघ २७ गते देखि सञ्चालनमा आउने

    975   पटक पढिएको

१० माघ/ अर्थ र व्यापार-  नियामक, अर्थ मन्त्रालय र अदालतमा लामो समय अल्झिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ १ गते सञ्चालन स्वीकृति पाएको थियो ।  माघ २७ गते देखि भने सञ्चालनमा आउने भएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ । यसमा १ अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनीहरुले जम्मा गरिसकेका छन् । दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भइसकेका छन् । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरीमा रहने छ । कम्पनीले आगामी चैतसम्म १३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारीसमेत गरिसकेको छ । आगामी असारसम्म अर्को १२ वटा शाखा थपेर २५ वटा पुर्याउने तयारी भइरहेको भट्टराईले जानकारी दिए ।

कम्पनीको सञ्चालक समितिमा मनोरञ्जनरमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा र मोहनराज जोशी छन् । कम्पनीको मूख्य शेयरधनीमा पाँच वटा बैंकहरुसमेत छन् । संस्थापक शेयरधनीका रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक छन् । कम्पनीमा सुरुमा मूख्य शेयरधनी अजयराज सुमार्गी थिए, उनले कबुल गरेजति पैसा हाल्न नसकेपछि नयाँ शेयरधनीका रुपमा बैंकहरु भित्र्याइएको हो ।

अहिले १८ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । कान्छो कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको महालक्ष्मीले अहिले धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।