logo

मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा हकप्रद शेयर निष्काशन

    1678   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गते आइतबारदेखि एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो । माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसअनुसार माघ २३ गते बुधबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट चैत २४ गतेसम्म आवेदन दिन सकिने छ ।
हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा रहेको छ ।
गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्त्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव धितोपत्र बोर्डबाट माघ १४ गते स्वीकृत भएको थियो। फागुन १५ गते बुधबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको छ ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले आफ्नो सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।