logo

लघुवित्तीय सेवा प्रदान गदै आएको मेरो माइक्रोफाइनान्सको दोस्रो त्रैमासमा खुद नाफा दोब्बर

    1186   पटक पढिएको

१३ माघ/ अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा दोब्बर भएको छ । उक्त माइक्रोफाइनान्सको नुवाकोटमा बट्टारमा केन्द्रीय कार्यालय रहेकोे छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

माइक्रोफाइनान्सको खुद नाफा गत वर्षको तुलनामा २ करोड ७३ लाख रुपैयाँले बढी हो । समीक्षा अवधिमा कम्पनीले ९६ करोड ४२ हजार निक्षेप संकलन तथा दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बैंकहरुबाट सापटी लिएर तीन अर्ब ९९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । माइक्रोफाइनान्सले आफ्नो खुद ब्याज आम्दानी ४६.५७ प्रतिशतले सुधार गर्दै १५ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यसै अवधिमा १० करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ९ करोड ७२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको खराब कर्जा अनुपात भने १.२८ बाट बढेर १.८७ प्रतिशतमा पुगेको छ । ३२ करोड ८९ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ८६ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसाबाट बढेर ३७ रुपैयाँ ६२ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ३९.४६ गुणा बढी छ ।

राष्ट्रिय स्तरको यस माइक्रोफाइनान्सले व्यवसाय विस्तारका लागि पूँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको हाल कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति माग गरेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ । कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।