logo

राष्ट्रबैंकको नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार

    1609   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराई संख्या घटाउने नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार भएका छन् । मर्जरका लागि तयार हुने २० बैंकमध्ये १७ वटा वाणिज्य बैंक छन् भने तीनवटा विकास बैंक रहेका छन् । विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार नेपाल राष्ट्रबैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर एकसाताभित्र मर्जर प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको थियो ।  निर्देशनको पालना गर्दै मर्जर सम्झौता गर्ने तथा मर्जरका लागि तयार रहेको भन्दै लिखित प्रतिबद्धता व्यक्त गर्ने बैंकहरुको संख्या २० पुगेको हो । बैंकिङ उद्योगमा बिग मर्जरको चर्चा चुलिएको बेला अन्य बैंकहरुलाई समेत दवाब सिर्जना गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरको सम्झौता गरिसकेका छन् । जनता बैंकलाई १००स् ८५ को सेयर स्वाप अनुपातमा गाभ्ने सम्झौता गरेको ग्लोबल आइएमई बैंक अन्य वाणिज्य बैंकसँग पनि मर्जरको छलफलमा अझै सक्रिय छ । यो बैंकका संचालक मेगा मर्जर गरी ठूलो साइजको बैंक अभियान अभियानमा रहेको बताइन्छ ।

यही बीचमा प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीमा सेयर स्वाप अनुपात कायम हुने गरी प्राप्तिको सम्झौता गरिसकेको छ । यस्तै, सिटिजन्स बैंकले क्षेत्रीय स्तरको(प्रदेश २)को सहयोगी विकास बैंकलाई १०० र ९० को सेयर स्वाप अनुपातमा प्राप्तिको सम्झौता आइतबार मात्र गरेको छ ।  यसरी बैंक तथा वित्तीय संस्था धमाधम मर्जर वा प्राप्तिको सम्झौता गरिरहेका छन् भने १५ वटा वाणिज्य बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता केन्द्रीय बैंकमा पेश गरेका छन् । 

एक्लै अगाडि बढ्ने भनिएको एनआइसी एशियाले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंकले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता पेश गरेका छन् । प्रतिबद्धता पेश गरेकामध्ये एनएमबी बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।