logo

राष्ट्रबैंकको नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार

    1890   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्थाहरु मर्ज गराई संख्या घटाउने नीति अनुरुप २० वटा बैंकहरु मर्जका लागि तयार भएका छन् । मर्जरका लागि तयार हुने २० बैंकमध्ये १७ वटा वाणिज्य बैंक छन् भने तीनवटा विकास बैंक रहेका छन् । विकास बैंकमध्ये २ वटा राष्ट्रियस्तरका छन् भने एउटा क्षेत्रीय स्तरको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार नेपाल राष्ट्रबैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष तथा सीइओहरुलाई बोलाएर एकसाताभित्र मर्जर प्रतिबद्धता पेश गर्न कडा निर्देशन दिएको थियो ।  निर्देशनको पालना गर्दै मर्जर सम्झौता गर्ने तथा मर्जरका लागि तयार रहेको भन्दै लिखित प्रतिबद्धता व्यक्त गर्ने बैंकहरुको संख्या २० पुगेको हो । बैंकिङ उद्योगमा बिग मर्जरको चर्चा चुलिएको बेला अन्य बैंकहरुलाई समेत दवाब सिर्जना गर्दै ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरको सम्झौता गरिसकेका छन् । जनता बैंकलाई १००स् ८५ को सेयर स्वाप अनुपातमा गाभ्ने सम्झौता गरेको ग्लोबल आइएमई बैंक अन्य वाणिज्य बैंकसँग पनि मर्जरको छलफलमा अझै सक्रिय छ । यो बैंकका संचालक मेगा मर्जर गरी ठूलो साइजको बैंक अभियान अभियानमा रहेको बताइन्छ ।

यही बीचमा प्राइम कमर्सियल बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीमा सेयर स्वाप अनुपात कायम हुने गरी प्राप्तिको सम्झौता गरिसकेको छ । यस्तै, सिटिजन्स बैंकले क्षेत्रीय स्तरको(प्रदेश २)को सहयोगी विकास बैंकलाई १०० र ९० को सेयर स्वाप अनुपातमा प्राप्तिको सम्झौता आइतबार मात्र गरेको छ ।  यसरी बैंक तथा वित्तीय संस्था धमाधम मर्जर वा प्राप्तिको सम्झौता गरिरहेका छन् भने १५ वटा वाणिज्य बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता केन्द्रीय बैंकमा पेश गरेका छन् । 

एक्लै अगाडि बढ्ने भनिएको एनआइसी एशियाले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई बैंक र एनएमबी बैंकले समेत मर्जरमा जाने लिखित प्रतिबद्धता पेश गरेका छन् । प्रतिबद्धता पेश गरेकामध्ये एनएमबी बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।