logo

तिन लघुवित्तीय संस्थाद्वारा मर्जर हुन सहमतिपत्रमा हस्ताक्षर

    2144   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार- मिर्मिरे, नागबेली र किसान लघुवित्तीय संस्था मर्जर हुने भएका छन् । गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन तीनवटै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा टेक बहादुर बोहरा मिर्मिरे लघुवित्त वित्तीय संस्था, दीपबहादुर श्रेष्ठ नागबेली लघुवित्त वित्तीय संस्था र नेत्रप्रसाद जोशी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । तीनवटै कम्पनी एकअर्काका गाभिएपछि कम्पनी राष्ट्रियस्तरको लघुवित्त हुनेछ ।

काभे्रपलान्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४ सय, कर्जा लगानी  २ अर्ब ४० करोड, निक्षेप  ६८ करोड, संस्थामा आबद्ध सदस्य ६० हजार, चालू आवको चैत्र मसान्तसम्म खुद नाफा ३ करोड ५९ लाख रहेको छ ।  

झापा जिल्ला बिर्तामोडमा रजिष्टर्ड कार्यालय रहेको. नागबेली लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार ५००, कर्जा लगानी ८१ करोड ७५ लाख, निक्षेप ३० करोड, संस्थामा आवद्ध सदस्य २० हजार, खुद नाफा २ करोड १२ लाख रहेको छ । त्यस्तै कैलालीको लम्की चुहा नगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको किसान माइक्रोफाइनान्स चुक्ता पुँजी ८ करोड ९७ लाख ९७ हजार ७९०, कर्जा लगानी  १ अर्ब ३९ करोड ८५ लाख, निक्षेप  ३४ करोड ४५ लाख, संस्थामा आवद्ध सदस्य संख्या ४८ हजार र खुद नाफा १ करोड ३२ लाख रहेको छ । 

एक आपसमा गाभ्ने र गाभिने उद्देश्यका साथ मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सन्तोष फुयाँलको संयोजकत्वमा नागबेली वित्तीय संस्थाका सञ्जय कुमार श्रेष्ठ र किसान वित्तीय संस्थाका खिमाराज न्यौपानेसहितको तीन सदस्यीय मर्जर समिति गठन गरी सहमती पत्रमा हस्ताक्षर भएको छ । 

मर्जर प्रकृया सम्पन्न भएपश्चात एकीकृत संस्थाको चुक्ता पुँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० हुनेछ भने एकीकृत संस्थाको अध्यक्ष टेकबहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो तथा नायब प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहरा हुनेछन् । मर्जरपछि वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने वित्तीय संस्थाको लोगो र कर्पोरेट कलर मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम गरिनेछ । त्यस्तै एकीकृत संस्थाको केन्द्रीय कार्यालय मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय रहेको स्थान बनेपा–८, काभे्रपलान्चोकमा रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।