logo

मेगा बैंकले सातै प्रदेशमा हेडक्वाटर स्थापना गर्ने

    1763   पटक पढिएको

७ श्रावण / अर्थ र व्यापार- मेगा बैंक नेपाल  लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकले मर्चेन्ट बैंकिङ संचालन गर्ने गरी काम अघि बढेको वताए । बैंकले २० करोड चुक्ता पुँजी रहनेगरी ‘मेगा सेयर क्यापिटल’ नामक सहायक कम्पनी संचालनमा ल्याउन लागेको उनले वताए ।

अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी दिए । संघीय संचरना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने उनको भनाइ छ । विज्ञहरुसँगको परामर्शमा पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेको बताउँदै उनले कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा व्यवसाय केन्द्रित गर्ने बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा मेगा स्थापित भएको दावी गरिन । ग्राहकहरुको चाहना अनुसार लोकप्रिय र नवीनतम सुविधाहरु बैंकको प्राथमिकतामा रहेको खुञ्जेलीले  वताईन । बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन् । साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले बताइन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।