logo

म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढ्यो

    1486   पटक पढिएको

२९ माघ/ अर्थ र व्यापार - प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले यसअघि कायम रहेको धरौटी रकम बढाउने गरी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पारित गरेको छ । म्यानपावर कम्पनीको बैंक ग्यारेन्टी र धरौटी रकम बढेको छ ।

समितिबाट पारित प्रतिवेदनसहितको विधेयक अब प्रतिनिधि सभामा पेस हुनेछ । संघीय संसद्का दुबै सदनबाट सोही प्रतिवेदन अनुसार विधेयक पारित भएमा वार्षिक एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज समेत हुनेछन् । समितिले सरकारले पेस गरेको मूल विधेयकमा कामदार पठाउने अनुपात भने हेरफेर गरेको छ । धरौटी र बैंक ग्यारेन्टी भने सरकारको प्रस्ताव अनुसार नै यथावत राखेको छ ।

कामदारको अनुपातमा धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था समितिले गरेको छ । पारित प्रतिवेदन अनुसार अब वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने गरी कम्पनी स्थापनाका लागि निवेदन दिएमा त्यस्तो कम्पनीले ५० लाख रुपैयाँ धरौटी राख्नु पर्नेछ । भने, यस्ता कम्पनीले एक करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राख्नु पर्नेछ । यस्तै, तीन हजारभन्दा बढी र पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीको हकमा एक करोड धरौटी र दुई करोड बैंक ग्यारेन्टी राख्नु पर्नेछ । वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले धरौटी रकम दुई करोड रुपैयँ राख्नु पर्नेछ । यस्ता कम्पनीको बैंक ग्यारेन्टी चार करोड तोकिएको छ ।

सरकारले भने कामदार पठाउने अनुपातलाई दुई क्याटेगोरीमा मात्र विभाजन गरेको थियो। वार्षिक पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाको हकमा धरौटी एक करोड रूपैयाँ र दुई करोड बैंक ग्यारेन्टी सरकारले प्रस्ताव गरेको थियो । यस्तै वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीको हकमा धरौटी दुई करोड र बैंक ग्यारेन्टी चार करोड रूपैयाँ प्रस्ताव गरिएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्था परिमार्जनका लागि सांसद्हरुले सशोधन समेत दर्ता गरेका थिए । कांग्रेस सासद् प्रकाश रसाइली संघीय समाजवादी फोरमका प्रदीप यादवले हाल कामय रहेकै धरौटी कायम राख्न संशोधन दर्ता गरेका थिए ।

हाल धरौटी सात लाख र बैंक ग्यारेन्टी २३ लाख रुपैयाँ छ । दुबै प्रस्ताव समितिले अस्वीकार गरेको हो। रकम बढाएमा धरौटी रकम जम्मा गर्नका लागि एक वर्षको समयसीमा दिनुपर्ने संशोधन प्रस्ताव पनि समितिले अस्वीकार गरेको छ । विधेयक अनुसार हाल इजाजत प्राप्त गरेको संस्थाले ऐन जारी भएको ६ महिनाभित्र धरौटी रकम जम्मा गर्नुपर्नेछ । बैंक ग्यारेन्टी पनि सोही अवधिमा दाखिला गरिसक्नु पर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।