logo

महुली सामुदायिक लघुवित्तको साधारण शेयर लिलामी मार्फत किन्ने आज अन्तिम दिन

    1601   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयर लिलामी मार्फत किन्ने फागुन १३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला गरेको थियो । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकका शाखा कार्यालहरु विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेत र महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजारबाट पनि आवेदन दिन सक्नेछन् ।

महुलीको शेयर धितोपत्रको दोस्रो बजारमा फागुन १२ गते आइतबार प्रतिकित्ता एक हजार ३७० रुपैयाँमा कारोबार भएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्तासम्म र न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा दिउँसो ३ बजेसम्म मात्र आवेदन गर्न पाइनेछ ।

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली सामुदायिक लघुवित्तले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ३५ पैसा कायमा गरेको छ ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ७ करोड २० लाख र जगेडा कोषमा १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।