logo

महुली सामुदायिक लघुवित्तको साधारण शेयर लिलामी मार्फत किन्ने आज अन्तिम दिन

    1325   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयर लिलामी मार्फत किन्ने फागुन १३ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला गरेको थियो । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकका शाखा कार्यालहरु विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेत र महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजारबाट पनि आवेदन दिन सक्नेछन् ।

महुलीको शेयर धितोपत्रको दोस्रो बजारमा फागुन १२ गते आइतबार प्रतिकित्ता एक हजार ३७० रुपैयाँमा कारोबार भएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि लिलामीमा ल्याइएको सबै कित्तासम्म र न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा दिउँसो ३ बजेसम्म मात्र आवेदन गर्न पाइनेछ ।

लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली सामुदायिक लघुवित्तले २ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ३५ पैसा कायमा गरेको छ ।

यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ७ करोड २० लाख र जगेडा कोषमा १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।