logo

संयुक्त राष्ट्र संघद्वारा महिला सहयात्रा माइक्रोफाइनान्सलाई १ लाख डलरसहित सम्मान

    1706   पटक पढिएको

७ चैत्र /अर्थ र व्यापार - संयुक्त राष्ट्र संघले नेपालको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई एक लाख डलरसहित सम्मान गरेको छ । संयुक्त राष्ट्र संघीय महिलाहरुको अवस्थासम्बन्धी ६३ औं महासभामा महिलाहरुको सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा सो संस्थालाई एक लाख डलरसहित ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’ द्वारा सम्मान गरेको हो ।

बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी संस्थाले निजी क्षेत्रको तर्फबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत आफ्नो संस्थालाई संयुक्त राष्ट्र संघले एक लाख डलरसहित सम्मान गरेको जानकारी दिएको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले गएको ३ वर्षयता महिला सशक्तिकरणको क्षेत्रमा विश्वमा निजी क्षेत्रहरुले खेल्दै आएको योगदानको मूल्यांकन गरेर आफ्नो संस्थाले सो पुरस्कार प्राप्त गरेको पनि जानकारी दिइन् ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नेपालको दुर्गम क्षेत्रमासमेत लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरी महिलाहरुको सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरले ग्रामीण क्षेत्रका महिलाहरुमा उद्यम विकास र बजारीकरणसम्बन्धी आवश्यक ज्ञान तथा सीप र त्यसका लागि आवश्यक लगानीको समेत व्यवस्था गरेपछि संयुक्त राष्ट्र संघले आफ्नो संस्थालाई सम्मान गरेको पनि स्पष्ट पारिन् । ९३ जना महिला र ४ वटा बैंक संस्थापक रहेको यस संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई सीप विकास र तालिम तथा बजारीकरणमा उदाहरणीय काम गर्दै आएको बताइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।