logo

महिला सहयात्रा माइक्रोफाइनान्सद्वारा १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन

    1238   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार  - महिला सहयात्रा माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा २३९.९० प्रतिशतले बढेको हो । गत वर्ष  दोस्रो त्रैमासमा माइक्रोफाइनान्सको खुद नाफा ३६ लाख ९१ हजार रुपैयाँ थियो । माइक्रोफाइनान्सको सञ्चालन नाफा आम्दानी र ब्याज आम्दानीमा सुधार हुँदा नाफा बढोत्तरी भएको देखिन्छ । 

चुक्ता पूँजी स्थिर रहेको माइक्रोफाइनान्सले नाफा वृद्धिमा फड्को मार्दा प्रतिशेयर आम्दानी २० रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा थियो । माइक्रोफाइनन्सले निक्षेप संकलन २७१ प्रतिशत र कर्जा परिचालनलाई ७०.९५ प्रतिशतले बढोत्तरी गरेको छ । पुस मसान्तसम्ममा २३ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले अन्य बैंक तथा वित्तिय संस्था मार्फत ६५ करोड ७३ लाख रुपैयाँ सापटी लिएर एक अर्ब दुई करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा तीन करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४१.२३ प्रतिशले बढेको हो । गत वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषको आकार २०.४५ प्रतिशतले सुधार भई दुई करोड ३१ लाख रुपैयाँ सञ्चित भएको छ ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपातमा सुधार आउँदा २.३३ प्रतिशतमा झरेको छ । प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ रहेको माईक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात २६.९० गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।