logo

महालक्ष्मी लाइफको कूल बीमा शुल्क आर्जन १७१% ले बढ्यो, जीवन बीमा कोष ४२ करोड ३४ लाख

    1497   पटक पढिएको

२४ माघ / अर्थ र व्यापार - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ३ करोड २४ लाख रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा ७७ प्रतिशतले संचिती बढी हो ।

पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३१ करोड ११ लाख रुपैयाँ मात्र रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३६ प्रतिशतले बढी हो ।

समिक्षा अवधिसम्ममा कम्पनीले ९ लाख ६६ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बैदेशीक रोजगार पुल मार्फत कम्पनीले सोही मात्रको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३८५ प्रतिशतले बढी हो । कुल दाबी भुक्तानी भने शुन्य छ ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७ सय ६९ वटा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ हजार २ सय ९१ वटा मात्र बीमालेख जारी गरेको थियो ।
कम्पनीको नाफा १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४० पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।