logo

महालक्ष्मी विकास बैंकको वित्तिय विवरण सार्वजनिक

    1162   पटक पढिएको

 

३० बैशाख /अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक लिमिटेडको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । उक्त अवधिमा बैंकले खुद मुनाफा ३८ करोड ७८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव १३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३३ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब २८ करोड ६४ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ३० अर्ब ४९ करोड ९ लाख रुपैयाँ संकलन गरि कर्जामा २६ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा २३ दशमलव ८० प्रतिशतले वृद्धि गरी लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ५५ प्रतिशतले बढेर १ अर्ब २६ लाख रुपैयाँ र संचालन मुनाफा १९० प्रतिशतले बढेर ४९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १९ करोड ७५ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ७ करोड १० लाख रुपैयाँ उठाएको छ । 

बैकको निष्कृय कर्जा ३ दशमलव ८५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ९७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ०३ प्रतिशत रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।