logo

महालक्ष्मी बैंक दमौली शाखाद्वारा विद्यालयलाई सहयोग

    1020   पटक पढिएको

३० पौष / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक दमौली शाखाले व्यास नगरपालिका वडा नं १० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । बैैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई एक हजार लिटरको खानेपानी ट्यांकी, ८ वटा जग र ५ वटा डस्टविन हस्तान्तरण गरेको शाखाका प्रबन्धक सुदीप न्यौपानेले वताए ।

विद्यालयमा शुद्ध खानेपानीको अभावलाई मध्यनजर गर्दै ट्यांकी हस्तान्तरण गरेको न्यौपानेले बताए । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यालयका प्रअ रामचन्द्र न्यौपाने लाई हस्तान्तरण गर्दै सामग्रीको सही सदुपयोग गर्न आग्रह गरे । त्यस्तै वडा नं १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले बैंकले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए । सहयोग सामग्री प्रति आभार व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाले आगामी दिनमा अझै बढी सहयोगको अपेक्षा गरेको बताए । 

आगामी दिनमा बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक वातावरणलाई मद्दत पुग्ने खालका वर्षमा २ वटा कार्यक्रम शाखाका प्रबन्धक न्यौपानेले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।