logo

महालक्ष्मी बैंकद्वारा क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

    1475   पटक पढिएको

१८ असार / अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ । काठमाडौँ वसुन्धारा निवासी पौडेल २०७४ साल पुुस महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकि छन । पौडेल परिवारको आर्थिक स्थिति निकै नै कमजोर रहेको र उपचारका लागि धेरै रकम लाग्ने भएकाले उपचारका क्रममा सहयोग गर्ने हेतुले बैंकले १५ हजार रुपैयाँको चेक पीडितलाई हस्तान्तरण गरेको हो ।

यसैगरी उपाचारार्थ आर्थिक सहयोग गर्ने क्रममा केन्द्रीय कार्यालयले सुखटीया– ५, कालीकोट निवासी वसन्ती कुमारी शाहीलाई पनि सहयोग गरेको छ । २० वर्षीय शाहीको दुवै मृगौला फेल भएको हुँदा मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको खुलासा वीर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले गरेको छ । पीडितको परिवारलाई मृगौला प्रत्यारोपणको खर्चमा केही सहयोग गर्ने मनसायले बैंकले १५ हजारको चेक पीडित वसन्ती कुमारी शाहीलाई हस्तान्तरण गरेको हो ।

बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि यस्ता खाले सहयोग गर्ने प्रतिबद्घता समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।