logo

माछापुच्छ्रे र सिटिजन्स बैंकको व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार 

    1485   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले नौं महिनामा ४२.१५ प्रतिशतले बढाएर एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरि सिटिजन्स बैंकको पनि ३५ प्रतिशतले सुधार गरेर नाफा एक अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले व्याज खर्चको तुलनामा व्याज आम्दानी सुधार गर्दा खुद व्याज आम्दानी समेत ४१.०१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले खुद व्याज आम्दानी दुई अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको हो । बैंक निक्षेप संकलनभन्दा कर्जा विस्तारमा आक्रामक देखिएको छ । बैंकले निक्षेप संकलन १८ प्रतिशतले सुधार गर्दा कर्जा विस्तार भने २२.९६ प्रतिशतले गरेको छ । 

बैंकले चैत्र मसान्तसम्ममा ८१ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ । कर्जा विस्तारसँगै बैंकको पूँजी कोष अनुपात ३.०९ प्रतिशत विन्दुले घटेर १२.६३ प्रतिशत कायम भएको छ । खराव कर्जा भने ०.१३ प्रतिशत विन्दुले बढेर ०.४८ प्रतिशत पुगेको छ । नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर २० रुपैयाँ कायम भएको छ । गत वर्ष जम्मा १४ रुपैयाँ मात्रै थियो । आधार व्याजदर पनि ०.५८ प्रतिशतले घटेर १०.५२ प्रतिशतमा झरेको छ । 

३५ प्रतिशतले नाफा बढाएको सिटिजन्सले व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार गरेर खुद व्याज आम्दानी ३६.९८ प्रतिशतले बढाएको हो । चैत्रसम्ममा खुद व्याज आम्दानी दुई अर्ब ८ करोड रुपैयाँ आर्जन भएको छ । सिटिजन्सको पनि निक्षेप संकलनभन्दा कर्जा विस्तारको अनुपात धेरै रहेको छ । बैंकको निक्षेप संकलन १८ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार भने २२ प्रतिशतले बढेको छ । ९ महिनाको अवधिमा बैंकले ६५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । 

कर्जा विस्तारसँगै पूँजी कोष अनुपात २.१४ प्रतिशतले खुम्चिएको छ । खराव कर्जा थप ०.१२ प्रतिशतले बढेर १.५८ प्रतिशत पुगेको छ । आधार व्याजदर ०.५७ प्रतिशत विन्दुले घटेर १०.५८ प्रति कायम भएको छ । नाफामा सुधार आएसँगै चुक्ता पूँजी बृद्धिपछि बैंकको प्रति शेयर आम्दानी ३.९८ रुपैयाँले बढेर १७ रुपैयाँ पुगेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।