logo

माछापुच्छ्रे बैंक निक्षेप संकलनमा आक्रामक, शाखा बिस्तारले खर्च बढ्यो, नाफा ८२ करोड नाघ्यो

    1485   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंक पहिलो ६ महिनामा निक्षेप संकलन र ऋण विस्तारमा आक्रामक देखिएको छ। शाखा विस्तारसँगै बैंकले निक्षेप संकलन र ब्यापार विस्तारमा आक्रामक रणनीति लिएको देखिन्छ।

बैंकले पूर्वाधार तथा शाखा विस्तारमा लगानी बढाएका कारण खर्च बढेको छ। यही कारण ब्यापार विस्तारको अनुपातमा नाफा भने बढ्न सकेको छैन।

बैंकले पहिलो ६ महिनामा नाफा ५ प्रतिशतले बढाएर ८२ करोड १८ लाख रूपैयाँ गरेको छ। कात्तिकदेखि पुस मसान्तसम्म नाफा ४४ करोड ५८ लाख रूपैयाँ छ।

बैंकले असारदेखि पुस मसान्तसम्म निक्षेप १२ अर्ब ३२ करोडले बढाएको छ भने ऋण पनि १२ अर्ब २४ करोड रूपैयाँले बढाएको छ। कत्तिकदेखि पुसमा भने बैंक ऋण विस्तारमा केही सुस्त देखिएको छ। दोस्रो त्रैमासमा बैंकले जम्मा ३ अर्ब ९१ करोड रूपैयाँ मात्र ऋण बढाएको छ। जबकी निक्षेप ६ अर्ब २५ करोडले बढाएको छ।

बैंकसँग अहिले कुल निक्षेप ९७ अर्ब ५२ करोड पुगेको छ भने ऋण लगानी ८७ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ। बैंकको खराब ऋण स्थिर देखिन्छ भने आधार दर पनि १०.९९ प्रतिशतबाट १०.२६ प्रतिशतमा झारेको छ। तर स्प्रेड भने ४.०८ प्रतिशतबाट ५.२४ प्रतिशतमा उक्लिएको छ।

बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशतले बढेको छ। जबकी ब्याज खर्च र कुल ब्याज आम्दानी बराबरी जस्तै १८ प्रतिशतको वृद्धि छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।