logo

माछापुच्छ्रे बैंकको नाफा बढ्यो

    1411   पटक पढिएको

 २० माघ / अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म अधिकांश सूचकहरुमा सुधार गरेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा खुद नाफा ५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ रहेको छ । ८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ८ प्रतिशतले बढेको छ । बैंकले यस अवधिसम्म १ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिसम्म संचालन मुनाफा भने १ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप संकलन १४.४९ प्रतिशत र कर्जा लगानी १७.२७ प्रतिशतले बढाउन सफल भएको छ ।

खराब कर्जा ०.०१ प्रतिशतले बढेर ०.४५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।