logo

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुग्यो

    1019   पटक पढिएको

 ९ माघ /अर्थ र व्यापार - लुम्बिनी विकास बैंकले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको दोस्रो त्रैमासको तुलनामा ६३.१५ प्रतिशतले सुधार भइ २३ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश २२.१८ र २५.९० प्रतिशतले बढाएर २३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले गत आवको दोस्रो त्रैमासभन्दा १४ करोड ७९ लाख रुपैयाँ बढी अर्थात ४७ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रतिशतको आधारमा यो ४५.५३ प्रतिशतले धेरै हो । दुई अर्ब १७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस १४ रुपैयाँ ३२ पैसा रहेको थियो।एक वर्ष अवधिमा बैंकको इपिएस ७ रूपैयाँ २५ पैसा बढेको हो । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५० बाट घटेर २.३१ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.९३ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ र कोषको लागत ८.८३ प्रतिशत रहेको छ । आधार ब्याजदर केही घटेपनि बैंकको लागत भने बढेको हो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।