logo

लुम्बिनी विकास बैंकको नाफामा उच्च वृद्धि, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुग्यो

    1332   पटक पढिएको

 ९ माघ /अर्थ र व्यापार - लुम्बिनी विकास बैंकले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको दोस्रो त्रैमासको तुलनामा ६३.१५ प्रतिशतले सुधार भइ २३ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश २२.१८ र २५.९० प्रतिशतले बढाएर २३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले गत आवको दोस्रो त्रैमासभन्दा १४ करोड ७९ लाख रुपैयाँ बढी अर्थात ४७ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रतिशतको आधारमा यो ४५.५३ प्रतिशतले धेरै हो । दुई अर्ब १७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस १४ रुपैयाँ ३२ पैसा रहेको थियो।एक वर्ष अवधिमा बैंकको इपिएस ७ रूपैयाँ २५ पैसा बढेको हो । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५० बाट घटेर २.३१ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.९३ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ र कोषको लागत ८.८३ प्रतिशत रहेको छ । आधार ब्याजदर केही घटेपनि बैंकको लागत भने बढेको हो ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।