logo

लक्ष्मी लघुवित्तले कमायो ७ करोड ८ लाख रुपैयाँ खुद नाफा

    1068   पटक पढिएको

९ माघ / अर्थ र व्यापार - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

२७ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा २४ करोड ७५ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १८ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ६६ लाख रुपैयाा खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा लघुवित्तको खुद व्याज आम्दानी ३३ प्रतिशतले बढी हो ।

त्यस्तै, लघुवित्तले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी र २ अर्ब ३९ करोड सापटीबाट ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ सापटी मार्फत ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४९ लाख ५ हजार रुपैयाँ बढेर ११ करोड २५ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.५५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९५ प्रसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ९५ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।