logo

लक्ष्मी लघुवित्तले कमायो ७ करोड ८ लाख रुपैयाँ खुद नाफा

    1391   पटक पढिएको

९ माघ / अर्थ र व्यापार - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

२७ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा २४ करोड ७५ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १८ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ६६ लाख रुपैयाा खुद व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा लघुवित्तको खुद व्याज आम्दानी ३३ प्रतिशतले बढी हो ।

त्यस्तै, लघुवित्तले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी र २ अर्ब ३९ करोड सापटीबाट ४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ सापटी मार्फत ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४९ लाख ५ हजार रुपैयाँ बढेर ११ करोड २५ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.५५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९५ प्रसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ९५ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।