logo

लक्ष्मी बैंकको वल्र्डकप विशेष योजना सुरु

    884   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार - लक्ष्मी बैंकले कन्ट्रोल जिरो नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकहरुका लागि विशेष योजना सुरु गरेको छ । बैंकले एफ वान सफ्टसँगको सहकार्यमा सञ्चालित उक्त योजना अन्तर्गत जारी आईसीसी क्रिकेट वल्र्डकप २०१९ अवधिभर कन्ट्रोल जिरो मार्फत बचत खाता खोल्दा ग्राहकहरुले पाँच सय बराबरको मोबाइल ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्ने र त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने हुन्छ । बैंकले कागजरहित बैंक खाता खोल्न अभिपे्ररित गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ । यसबाट विद्युतीय कारोबारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिंग प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम हो। यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकको शाखा ४७ जिल्लामा १०६ वटा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।