logo

लक्ष्मी बैंकद्वारा अठारौ वार्षिक साधारणसभा आह्वान ,बैंकको स्तरउन्नती गर्ने प्रस्ताव

    1018   पटक पढिएको

४ माघ/ अर्थ र व्यापार - लक्ष्मी बैंक (LBL) ले बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप गर्ने भएको छ । बैंकले माघ २८ गते आह्वान गरेको अठारौं वार्षिक साधारणसभामा सो प्रस्ताव गरिएको हो ।

सभामा बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा स्वदेशी वा सवदेशी स्वामित्वमा रहेको कम्पनीहरुसँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि अथवा सहायक कम्पनी मार्फत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटलरप्राइभेट इक्विटीरहेज फण्ड, क्रेडिट रेटिङ्ग, शेयर ब्रोकर, स्टक एक्सचेन्ज, फिन्टेक सम्बन्धि कार्यहरु गर्ने थप निर्णयलाई निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै बैंक र उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने वा प्राप्ती गर्ने आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने र गत आवको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

यसअघि लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच मर्जरको प्रयास भएपनि अन्तिम समयमा आएर एकता सम्भव हुन सकेको थिएन । एभरेष्ट बैंकसँग मर्जरको प्रयास असफल भएपनि बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीको बाटो खुला गरेको हो ।
साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको हालको चुक्ता पूँजीको ८.५० प्रतिशत अर्थात ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् । यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्नेछ । साधारण सभा माघ २८ गते सोमबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बोलाइएको छ । 
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा कायम छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।