logo

लक्ष्मी बैंकद्वारा वित्तीय विवरण सार्वजनिक, ६५ करोड १ लाख खुद नाफा

    1227   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार - लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति सहितको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । खराब कर्जा घटाएर अन्य सूचकहरु सुधारउन्मुख रहेको बैंकको जगेडा कोषको आकारमा भने उत्कृष्ट बढोत्तरी गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट ८.५० प्रतिशत बोनस घोषणा गरेको बैंकले दोस्रो त्रैमासमा बोनस पूँजीकरण नगर्दा यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख रुपैयाँमा स्थिर छ । यस अवधिमा बैंकको जगेडा कोषमा चार अर्ब ४४ करोेड ६१ लाख रुपैयाँ सञ्चित छ । बैंकको जगेडा कोषको आकारमा गत पुसको तुलनामा जुन ४८.५३ प्रतिशत अर्थात एक अर्ब ४५ करोड २७ लाखले सुधार आएको हो । 

नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ११.३३ प्रतिशत अर्थात ७ करोड ३६ लाख रुपैयाँ बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड एक लाख खुद नाफा गरेको थियो ।

एनएफआरएस अनुसार रेगुलेटरी एड्जस्टमेन्ट वापतको ५ करोड १६ लाख व्यवस्था पश्चात भने बैंकको फ्रि प्रोफिट ६७ करोड २१ लाख कायम भएको छ । जुन गत वर्षको पुस मसान्तको भन्दा भन्दा २९.४३ प्रतिशत बढी हो । गत पुसमा बैंकले ५१ करोड ९२ लाख फ्रि प्रोफिट आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको बोनस पूँजीकरण नगर्दा बैंकको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ दुबै बढेको छ । गत पुस मसान्तमा १५ रुपैयाँ ८२ पैसा प्रतिशेयर आम्दानी र १३६ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ क्रमश १७ रुपैयाँ ६१ पैसा तथा १५४ रुपैयाँ ८ पैसा कायम भएको छ । बैंकको मुल्य आम्दानी अनुपात १२.७५ गुणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।