logo

सेञ्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

    1390   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – सेञ्चुरी कमर्सियल बैंकले निष्कासन गरेको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० बराबर चार कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता द्दघहकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकको हकप्रद भर्ने म्याद भदौ १८ गते नै सकिएको भए पनि बैंकले तराईमा गएको बाढीका कारण थप १५ दिन म्याद थप गरेको थियो । गत असार २६ गतेसम्म कायम रहेका शेयर धनीहरुले १० बराबर ४ को अनुपातमा हकप्रद सेयरमा आवेदन गर्न सक्ने छ । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

सेञ्चुरीले सगरमाथा फाईनान्सलाई समेत आफुमा विलय गराएर एकीकृत कारोबार सुरु गरिसकेको छ । तर यो हकप्रदमा साबिकका सगरमाथा फाइनान्सका सेयरधनीले आवेदन दिन पाउने छैनन् । ज्ञछसिभिल क्यापिटल मार्केट सुन्धारा तथा सेन्चुरी कमर्सियल बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सकिनेछ । हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

४० हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ । सेञ्चुरीले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती प्रकृयामा नै रहेको छ । सबै संस्थालाई प्राप्ती गरीसक्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको नाफाबाट थप १० करोड रुपैयाँको बोनस वितरण गर्दा राष्ट बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी सहजै पुग्ने देखिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।