logo

आज हिमालयन पावर पार्टनरको आईपीओ भर्ने अन्तिम दिन 

    2801   पटक पढिएको

५ असार / अर्थ र व्यापार - गैरआवासीय नेपालीले बनाएको २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर कम्पनीले असार १ गते बिहीबारदेखि सर्वसाधरणका लागि खुला गरेको साधारण सेयर (आईपीओ) सोमबारदेखि बन्द हुँदैछ । लगानीकर्ताले सोमबार कार्यालय समयसम्म ७५ जिल्लाभरी रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बा प्रणालीको साथै तोकिएको संकलन केन्द्रबाट पुरानै तरिकाको फारम मार्फत समेत आवेदन गर्न सक्नेछन् ।

हिमालयन पावरले एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि आवेदन दिन पाईनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानीपोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

सेयर आबेदन दिँदा सेयर राख्ने हितग्राही खाता नम्बर र बैंक खाता नम्बर आबश्यक पर्नेछ । यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गरेको हो । २१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।