logo

बैंकिङ क्षेत्रमा दक्ष कर्मचारी नहुँदा अपराधको संख्या बढ्यो : गभर्नर नेपाल

    1656   पटक पढिएको

२० मंसिर / अर्थ र व्यापार -  बैंक तथा वित्तीय संस्थामा गलत नियत र कमजोर कार्य क्षमता भएका कर्मचारीहरु हावि भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बताएका छन् । नेपाल बैंकर्स संघको ३३ औ वार्षिक साधारण सभामा उनले बैंकिङ क्षेत्रमा अहिले मुख्य चुनौती साइबर क्राइम भएको अवस्थामा सामान्य बैंकिङ प्रविधि र कारोबार सम्बन्धी जानकारी नै नभएका कर्मचारीहरु बैंकिङ क्षेत्रमा भएको बताएका हुन् ।

‘नेपाल प्रविधि प्रयोगमा धेरै पछाडि छ, बैंकका कर्मचारी प्रविधिका सामान्य कुराहरुमा पनि जानकार छैनन्,’ उनले भने ‘चेक कसलाई दिने भन्ने थाहा नहुने कर्मचारी बैंकले राखेको छ, चोरलाई चेक बुक दिने कर्मचारीले भोलि पैसाको बिटो नै नदेला भन्न सकिन्दैन् ।’ बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्मचारी राख्दा क्षमताको जाँचसँगै उसको नियत परख गर्न आवश्यक रहेको उनको भनाई छ । पहिले हामीले सुधार गरनौ अब एकैपटक धेरै गर्नुपर्ने अवस्था आएको छ ।

यसलाइ सहज होस भनेर विग मर्जरको कुरा गरेको हो । अहिले मुख्य दुई चुनौति देखिएको छ । एउटा ब्याजदर र अर्को टेक्नोलोजी । यसको कस्टलाइ एड्जस्ट गर्न सहज होस भनेर नै मजरको कुरा गरेको हो । धैरै बैक हुँदा पैसा पनि धेरै तिर छरिन्छ जसले गर्दा कस्ट बढ्छ र ब्याजदर पनि बढ्छ ।

विश्वको बैकिङ फोरममा जाँदा नेपालको बैकिङको कुरा गर्न पनि हुने उनको भनाई छ । ‘टाइ सुट लगाउनुभएको छ राम्रो यहाँ सिइओहरू हुनुहुन्छ, हेर्दा मात्र राम्रो देखिएर भएन काम राम्रो हुन आवश्यक छ, उनी भन्छन् ‘विदेशी फोरममा जाँदा नेपालमा शुरु नै नभएको विषयमा कुरा हुन्छ, त्यसैले त्यस्तो कार्यक्रम सहभागी हुन लाज लाग्छ । बैंकिङ प्रविधिमा नेपाल पछाडि परेको हुँदा बैंकका सीईओहरुले आफु लगायत कर्मचारीलाई बैंकिङ प्रविधि सम्बन्धी नेपालमा अथवा विदेशमा नै लगेर भएपनि तालिम लिन निर्देशन उनले दिए । 

बैंकहरुमा कर्मचारीको क्षमता र योग्यताभन्दा अरु काम नलगाउन उनले सबै बैंकका सीईओहरुलाई आग्रह गरेका छन् । ‘कुनै एक विभागमा काम गरिरहेको कर्मचारीलाई शाखामा पठाउँदा अर्को विभागमा पठाइने गरिएको छ,’ उनले भने क्षमता र दक्षताभन्दा बाहेकको काम लगाउँदा जोखिम बढिरहेको हो ।’ कर्मचारीको गल्ती कै कारणले राम्रो क्षवी भएका सिइओ जेल जानु परेको हुदाँ त्यो अवस्था आगामी दिनमा आउन नदिन कर्मचारीको क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालन गर्ने र त्यसमा राष्ट्र बैंकको सहयोग आवश्यक रहेको उनले बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।