logo

नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन

    1185   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जमा आज कुमारी बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस वितरणका लागि बुकक्लोजसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार २१.२५ प्रतिशत बोनस समायोजन पश्चात बैंकको प्रतिकित्ता २२१ रुपैयाँ ८६ पैसामा शेयरमूल्य समायोजन भएको हो । यसै मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधारमूल्य २६२ रुपैयाँ ९३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । कुमारी बैंकले बैशाख २६ गते बिहीबार एकैदिन दुई आर्थिक वर्षको गरि सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गरेको हो ।

सभाले प्रस्तावित २१.२५ प्रतिशत बोनस वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरि यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २र२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।