logo

कुमारीको तीन अर्बको ऋणपत्र बिक्री खुला, सर्वसाधारणलाई एक अर्ब २० करोड, ब्याजदर १०.२५%

    1074   पटक पढिएको

 १४ पुष / अर्थ र व्यापार - कुमारी बैंकले सोमबार तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ। १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणका लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गरेको हो। 

बैंकले प्रति डिबेन्चर एक हजार रूपैयाँ दरमा १२ लाख कित्तामध्ये ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र बैंक आफैंले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ। लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गर्नेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रीपल बी प्लस’ प्राप्त गरेको छ।

 लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सक्ने छन्। ऋणपत्रधनीले अर्धवार्षिक रूपमा तोकिएको ब्याज प्राप्त गर्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ रहेको छ। राष्ट्रिय स्तरको वाणिज्य बैंक कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ छ। जगेडा कोषमा दुई अर्ब ५२ करोड रूपैयाँ छ। तीन अर्ब रूपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको दीर्घकालीन पुँजी तथा पुँजी कोष थप बढ्नेछ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूका लागि ऋणपत्र निष्कासन अनिवार्य गरेको छ। उक्त व्यवस्थालाई पालना गर्ने क्रममा कुमारीले पनि ऋणपत्र निष्कासन गरेको हो। अन्य बैंकहरूले ५र७ वर्षका लागि ऋणपत्र निष्कासन गर्दै आएकोमा कुमारीले भने एकैपटक १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो। यसले बैंकलाई वर्षको दायित्व सिर्जना गर्नेछ। 
बढ्दो क्रममा रहेको ब्याजदरले गर्दा लगानीकर्ताहरूको ध्यान ऋणपत्रमा छैन। तर बैंकले लगानीकर्तालाई आकर्षित गर्न १० वर्षको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकसँग ७८ अर्ब रूपैयाँभन्दा माथि निक्षेप छ। साथै ७६ अर्ब रुपैयाँभन्दा माथिको कर्जा लगानी छ। निक्षेप र कर्जाको अन्तर कम हुँदा बैंकको पुँजीकोष अनुपात ११.५७ प्रतिशत छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।