logo

अनिल उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त

    1501   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अनिल उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालनको कार्ययोजनाका आधारमा छानिएका अन्य चार प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाध्ययले सिइओमा बाजी मारेका हुन् ।
कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझीमध्ये सर्टलिस्ट गरि तीन जना पूर्णप्रसाद आचार्य, शंकर रायमाझी र अनिल उपाध्यायको नाम सिफारिश गरेको थियो । 

प्रमुख कार्यकारी अधिकृत छनौट समितिले बुझाएको तीन प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  अबको चार वर्ष उपाध्यायले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विताउनेछन् । प्रमुख कार्यकारी अधिकृत उपाध्यायको केही बेरमा नै शपथग्रहण कार्यक्रम राखिएको प्रवक्ता पौडेलले बताए । उपाध्यायसँग कृषि विकास बैंकको विभिन्न विभागमा बसेर लामो समय काम गरेको अनुभव छ । सिइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको थियो । यसअघि १७ जना आवेदकहरु मध्येबाट बैंक सञ्चालनको कार्ययोजनाका आधारमा कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी ३ जना र २ जना राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारी छानिएका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गतेदेखि सकिएपछि बैंकको प्रमुख कार्यकारीको नियुक्ति प्रकृया थालिएको थियो । सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट प्रकृयालाई स्वतन्त्र बनाइने भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियो । समितिमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य रहेका थिए ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।