logo

कृषि विकास बैंकद्वारा नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

    1214   पटक पढिएको

२७ पुस/ अर्थ र व्यापार - कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बिहान सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सोही बैठकले सरकारको अग्राधिकार शेयर वापतको ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०७४र७५ मा बैंकले तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यहि नाफाबाट बैंकले लाभांश बाँड्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।
बैंकले सर्वसाधारण शेयरधनीलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ९८ लाख ५ हजार पुग्नेछ । अघिल्लो आर्थिक वर्ष २०७३र७४ मा बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एनएफआरएस प्रतिवेदन अनुसार कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ८२.१९ प्रतिशतले बढाउँदै ६६ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ भने फ्रि प्रोफिट ३६ करोड ३९ लाख रुपैयाँ छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ २५ पैसा छ भने जगेडा कोषमा १४ अर्ब ६९ करोड ६९ लाख सञ्चित गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।