logo

किसान माइक्रोफाइनान्सद्वारा चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ नाफा आर्जन

    1416   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - किसान माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा सुधार गरेको छ । कम्पनीले चैत मसान्तसम्म एक करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिको ६३ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद नाफा १०९.६४ प्रतिशत अर्थात ६९ लाख ४३ हजार रुपैयाँले बढेको हो । लघुवित्त कम्पनीको पूँजीकोष अनुपात ८ प्रतिशतमा झरेको छ। पूँजी अभावलाई सन्तुलन गर्न कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद बिक्रीबाट सन्तुलन गर्न खोजेको छ ।

८ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आवको चैत मसान्तमा वार्षिक २१ रुपैयाँ ११ पैसा रहेको लघुवित्तको इपिएस १९ रुपैयाँ ७१ पैसामा कायम भएको छ । पूँजी वृद्धि उच्च हुँदा इपिएसमा गिरावट देखिएको हो । कम्पनीले शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधारण सभाबाट पारित रहेको छ । लघुवित्तको जगेडा कोष भने ४ करोड ८ लाखबाट दुई करोड ३४ लाख रुपैयाँमा घटेको छ ।

चैत्र मसान्तमासम्मा ३४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९८ करोड ६० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर एक अर्ब ३९ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तले ५ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा ५१ प्रतिशतल बढोत्तरी भएको हो । गतवर्ष लघुवित्तले तीन करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ६ पैसा छ । मूल्य आम्दानी अनुपात ४२.१६ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।