logo

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ

    1298   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ६७ प्रतिशत अर्थात एक करोड ४७ लाख रुपैयाँले बढेको हो ।

गतवर्षको यसै अवधिमा बैंकले दुई करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खर्च र आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दा र जेखिम व्यवस्थापन मार्फत फिर्ता आएको रकमको कारण बैंकको नाफा वृद्धि भएको हो । यस अबधिमा बैंकमा दुई करोड ६६ लाख रुपैयाँ जोखिम व्यवस्थापन मार्फत र्फिता आएको देखिन्छ ।

चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्मा बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब १२ करोड कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ११ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी दुई करोड ९७ लाख रुपैयाँ अर्थात ३६.४ प्रतिशतले धेरै बढेको हो ।
यहाँ बैंकले जोखिम व्यवस्थापनको लागि ठुलै रकम व्यवस्थापन गरेको छ । गतवर्ष दुई करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको बैंकले यस वर्ष १०६ प्रतिशतले वृद्धि गर्दै ४ करोड २९ लाख रुपैयाँमा पुर्याएको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात सुधार भएको छ । यस त्रैमासमा बैंकमा निष्कृय कर्जा अनुपात ८३ प्रतिशत छ । गतवर्ष खराब कर्जा अनुपात २.०९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।