logo

नेप्सेद्वारा काबेली र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

    1187   पटक पढिएको

६ माघ /अर्थ र व्यापार  - काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । दुई बैंकले मर्जरमा जाने सम्झौता गरेकाले गाभ्ने वा गाभिने सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुबै कम्पनीको शेयर कारोबार माघ ४ गतेबाट रोक्का गरिएको हो ।

दुई विकास बैंकले गत शुक्रबार मर्जरको घोषणा गरेका थिए । अब नयाँ संस्था कायम नहुन्जेलसम्मलाइ शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच १ः१ रेसियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । वि.सं २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको हो ।

मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ ।अन्य सदस्यमा सप्तकोशीका यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहनेछन् ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियम अनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए । मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । प्रादेशिक स्तरको बैंकका लागि आवश्यक पर्ने थप ३९ करोड पूँजी हकप्रद र बोनस शेयरमार्फत कायम गर्ने तयारी गरेको छ ।

२८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने र केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ । मर्जरपछि बैंकले दुई वर्ष्भित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।