logo

ज्योति विकास बैंकको चमत्कारीक प्रगति, खुद नाफा ११७ प्रतिशतले बढ्यो

    1062   पटक पढिएको

  २ मंसिर / अर्थ र व्यापार - ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।

बैंकले खर्च व्यवस्थापन गर्दै आफ्नो व्यवसाय विस्तारलाई आक्रमक बनाउँदा नाफामा चमत्कारिक सुधार देखिएको हो । तर  बैंकको तीन महिनाको वितरयोग्य मुनाफा ३ करोड ७ लाख मात्र रहेको छ। राष्ट्र बैंकेले तोकेको प्रावधान अनुरुप बैंकले बैधानिक जगेडा कोष र नियामकीय जगेडा कोषमा १० करोड ७२ लाख ९४ हजर रुपैयाँ व्यवस्थापन गर्दा वितरणयोग्य मुनाफामा कमी आएको हो ।

प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा थियो ।
यस अवधिमा बैंकले गत वर्षको यसै अवधिको तुलनामा १५ करोड ९८ लाख रुपैयाँ धेरै अर्थात ३६ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

तीन अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३१ करोड ७७ लाख रुपैयाँ , शेयरधनी कोषमा ६४ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा ३० अर्ब ७२ करोड ५२ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ अर्ब १८ करोड ७१ लाख रुपैंया कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.३९ प्रतिशतबाट ०.८३ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ५१ पैसा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।