logo

ज्योति विकास बैंकद्वारा १३ लाख ४४ हजार संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

    1260   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - ज्योति विकास बैंकको १३ लाख ४४ हजार ५३१ दशमलव २९ कित्ता संस्थापक शेयर सर्वसाधारण (अडिनरी) शेयरमा रुपान्तरण भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज मार्फत सो जानकारी दिएको हो । यससँगै बैंकमा संस्थापक साधारण शेयर अनुपात ५५ः४५ कायम भएको छ । यसअघि बैंकमा संस्थापक शेयरको अनुपात ६०.४५ प्रतिशत र सर्वसाधारणको ३९.५५ प्रतिशत रहेको थियो । 

ज्योति विकास बैंकको गत असोज २९ गते सम्पन्न एघारौं वार्षिक साधारण  सभाबाट संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत रहने गरि बाँकी संस्थापक शेयरलाई सर्वसाधारण शेयर सरह दोस्रो बजार मार्फत कारोबार गर्नसक्ने गरि सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको थियो ।  सोही अनुसार राष्ट्र बैंकको स्वीकृति लिएर  बैंकले संस्थापक शेयरको अनुपात घटाएको हो ।

अब संस्थापकबाट साधारण शेयरमा रूपान्तरण भएको १३ लाख ४४ हजार ५३१ दशमलव २९ कित्ता शेयर सर्वसाधारण शेयर सरह नेप्सेमा खरिद बिक्री गर्न सकिनेछ । ज्योति विकास बैंकले यहि चैत १५ गतेदेखि हाम्रो विकास बैंकसँगलाई एक बराबर एक शेयर अनुपातमा प्राप्ती (एक्विजिशन) गरेर एकीकृत कारोबार सुरु गर्दैछ । 

चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार ज्योतिको चुक्ता पूँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ भने हाम्रो विकास बैंकको ५० करोड ४० लाख ५३ हजार रुपैयाँ छ । एकीकृत कारोबार पश्चात ज्योतिको चुक्ता पूँजी ३ अर्ब ९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।