logo

ज्योति विकासद्वारा राप्तीभेरी विकास बैंक एक्विजिसन गरी एकीकृत कारोबार सञ्चालनमा

    1856   पटक पढिएको


२९ कार्तिक / अर्थ र व्यापार -  ज्योति विकास बैंकले क्षेत्रीयस्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरे । ज्योति विकास बैंकले नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक र राप्तीभेरी विकास बैंक गरी २ वटा क्षेत्रिय स्तरको विकास बंैकहरुलाई सफलता पूर्बक मर्जर र प्राप्ति गरेको जनाएको छ । यस प्राप्ति पश्चात् ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको छ भने कुल निक्षेप १२ अर्ब ४० करोड, कर्जा लगानी १० अर्ब ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजारभन्दा बढी पुगेको छ ।

ज्योति विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस सेयर वितरण पश्चात चुक्ता पुँजी आवश्यकता सहजै पूरा हुनेछ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्दैछ भने निकट भविष्यमा पनि जारी गर्ने जनाइएको छ । २०६५ साउन ९ गते स्थापना भएको ज्योति विकास बैंकले स्थापनाको नौ बर्षको अवधिमा निजी क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको दावी गरेको छ । “ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा सेवा प्रदान गर्ने विश्वास एंव प्रतिबद्घता व्यक्त गर्दछौं,”। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।