logo

पुस मसान्त सम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म कालोसुचिमा

    1490   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार  - बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा (उठ्न नसकेको ऋण लगानी) को चाप दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ऋण नतिर्ने ७ हजार ३ सय ११ फर्म, कम्पनी र तिनका सञ्चालकहरु कालोसूचीमा परेका छन् । कर्जा लिएर भाखा नाघ्दासमेत चुक्ता नगरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुकै आग्रहमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । ऋण चुक्ता गरेमा उनीहरुलाई कालोसूचीबाट फुकुवा गरिन्छ ।

यसै आर्थिक वर्ष साउन महिनादेखि पुस मसान्त (६ महिनामा) मात्रै १ हजार ७ सय ७५ कम्पनी तथा फर्म र तीनका सञ्चालकहरु कालोसूचीमा परेका छन् । आर्थिक वर्ष २०७४र७५ को असार मसान्तसम्ममा कालोसूचीमा पर्नेको संख्या ६ हजार ८६ थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको ऋण उठाउन नसकेपछि कालोसूचीमा राख्ने र त्यसपछि ऋण असुली न्यायाधीकरणमा मुद्दा हाल्ने गर्छन् । न्यायाधीकरणमा बैंक(वित्तीय संस्थाको ऋणसम्बन्धी मुद्दाको चाङ लागेको श्रेस्तेदार भेषराज कोइराला बताउँछन् । बैंक तथा वित्तीय संस्थाको ऋण असुलीसम्बन्धी मुद्दाहरु छिटो(छरितो ढंगबाट कारवाही र किनारा गरी ऋणीबाट लिनुपर्ने ऋणको सावाँ, व्याज रकम असुलउपर गराइदिने उद्देश्यसहित २०५८ सालमा न्यायाधीकरणको स्थापना गरिएको थियो ।

स्थापनाकालदेखि पुस मसान्तसम्म १७ अर्ब रुपैयाँ ऋण असुली हुन बाँकी रहेको न्यायाधीकरणका प्रवक्ता समेत रहेका कोइरालाले जानकारी दिए । उनका अनुसार न्यायाधीकरणले चालु आर्थिक वर्षको चार महिनासम्म २२ अर्ब ४७ करोड ६२ लाख ५६ हजार रुपैयाँ ९ सय ६६ रुपैयाँ ६० पैसा असुल गरिसकेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै ३ अर्ब ५० करोड ४४ लाख २७ हजार ४ सय २४ रुपैयाँ ६० पैसा असुली भएको थियो । उठाउन बाँकी रहेको १७ अर्ब रुपैयाँको मुद्दा पनि चलिरहेको कोइरालाले बताए । सोमबार मात्रै प्रभु बैंकका ३ वटा तथा एनआईसी एसिया बैंक र जनता बैंकका एक(एक वटा मुद्दाको फैसला भएका छन् ।

मंगलबारका लागि २ बैंकका ४ वटा ऋण असुली मुद्दाको पेशी तोएकिो छ । २०७३ असोज ९ गते एनएमबी बैंकले सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि समेतका विरुद्ध र एमएमबीले नै २०७४ पुस २३ मा कामधेनु महिला दुग्ध सहकारी संस्था समेतका विरुद्ध दर्ता गराएको ऋण असुली मुद्दा मंगलबारका लागि पेशी तोकिएको थियो । यसैगरी सनराईज बैंकले २०७४ असार २७ मा नेपाल प्रगति निर्माण सेवा प्रालि र भवानी दर्नाल समेतलाई विपक्षी बनाई दर्ता गराएको मुद्दाको पनि मंगलबारका लागि नै पेशी तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।