logo

नेप्सेद्वारा जेबिल्स फाइनान्सको शेयरमूल्य समायोजन

    1179   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार-  आज जेबिल्स् फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । फाइनान्सको ४.८१ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार फाइनान्सको बोनस पश्चात प्रतिकित्ता १३९ रुपैयाँ ३० पैसामा शेयरमूल्य समायोजन भएको हो । यहि मूल्यलाई आधार मानेर फाइनान्सको बिहीबार कारोबार खुल्नेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा कम्पनीको औसत आधारमूल्य १३९ रुपैयाँ १५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । जेबिल्सले बैशाख २० गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७३र७४ को पनि साधारण सभा गर्न बाँकी रहेको फाइनान्सले २०७४र७५ को सहित एकैदिन दुई आर्थिक वर्षको सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँको ३.५७ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ४० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० को १.२४ प्रतिशत बोनस प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । दुबै आर्थिक वर्षको बोनस वितरणमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले १५ लाख २० हजार ८२२ रूपैयाँ र ५ लाख २८ हजार २९ रूपैयाँ गरि २० लाख ४८ हजार ८५१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको फाइनान्सले मर्जर तथा एक्वीजिशनमा सम्बन्धिमा थप छलफल गर्ने लगायतका कार्यक्रम रहेका छन् । साधारण सभाका लागि फाइनान्सले बैशाख ५ गते बिहीबर शेयरधनी दर्ता किताब बन्द गरेको हो । यसअनुसार बैशाख ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा जाने भएपछि फागुन २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।