logo

जनता बैंकको वित्तिय विवरण सार्वजनिक, नाफामा ३० करोड ११ लाखले बढोत्तरी

    1270   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार - जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा र लाभांश क्षमता करिब दोब्बर बनाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै जगेडा कोषको आकार १६९ प्रतिशत, तथा निक्षेप र कर्जा करिब ३० प्रतिशत हाराहारीमा बढाएको बैंकको खराब कर्जा अनुपात समेत घटेको छ ।

जनता बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ६३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.२६ प्रतिशत अर्थात ३० करोड ११ लाखले बढोत्तरी भएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ३३ करोड ३५ लाख रुपैयाँमा सीमित थियो ।

बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार लाभांश क्षमता (फ्रि प्रोफिट) मा गत आवको पुसको तुलनामा २५ करोड ८६ लाख रुपैयाँ बढेर ५३ करोड ४ लाख कायम भएको छ । गत वर्ष यसै अवधि बैंकको फ्रि प्रोफिट २७ करोड १७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ९५.१९ प्रतिशतले बढेको छ । यद्यपी बैंकले आर्जन गरेको ६३ करोड ४६ लाख खुद नाफाबाट राष्ट्र  बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट बैंकले १० करोड ४२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा लाभांश क्षमता घटेको छ । गत आवको नाफाबाट नगद लाभांश मात्र वितरण गरेको बैंकको प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ५३ पैसाले सुधार आएको छ । गत पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा बढेर १५ रुपैयाँ ८७ पैसा कायम भएको हो । बैंकको चुक्ता पूँजी ८ अर्बमा स्थिर रहेको छ ।बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ भने मूल्य आम्दानी अनुपात १०.६५ गुणा बढी छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष आकर्षक वृद्धि भएको छ । यस अवधिमा बैंकको जगेडा कोष १६९.२१ प्रतिशतले बढोत्तरी भएर तीन अर्ब तीन करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ थियो । चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकले ६८ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन २९.६१ प्रतिशत अर्थात १५ अर्ब ६३ करोड र कर्जा परिचालन ३१.८७ प्रतिशत अर्थात १५ अर्ब ३८ करोड रुपैयाँले बढेको हो । गत आवको पुससम्म बैंकले ५२ अर्ब ८० करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब २६ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चालू आवको ६ महिना अवधिमा जनता बैंकले एक अर्ब ५८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ४ अर्ब ५ करोड ५१ लाख ब्याज आम्दानी गरि २ अर्ब ४७ करोड २९ लाख रुपैयाँ ब्याज खर्च गरको हो । बैंकको खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४७.८६ प्रतिशत अर्थात ५१ करोड २१ लाख रुपैयाँ धेरै हो । गत आवको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।