logo

जनता बैंक नेपालको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त

    2430   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - जनता बैंक नेपालको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुजित शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सिभिल बैंकका नायव महाप्रबन्धक शाक्यलाई डेपुटी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।
तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरुलाई स्वेच्छिक अवकास दिएपछि जनता बैंकले सिभिलबाट शाक्यलाई ल्याएको हो । बैंकले केही साताअघि मात्रै नायव प्रमुख कार्यकारीहरु पृथ्वी श्रेष्ठ, अजय मिश्र र सागर घिमिरेलाई स्वेच्छिक अवकाश प्याकेज ल्याएर बिदा गरेको थियो । पृथ्वी जनतामै थिए भने अजय सिद्धार्थ डेभलपमेन्ट बैंक र सागर त्रिवेणी विकास बैंकमा थिए । मर्ज भएपछि अजय र सागरलाई पृथ्वीसँगै डेपुटी सिइओ बनाइएको थियो ।

सुजितमा हिमालयन, एनआइसी, बैंक अफ एसिया नेपालमा काम गरेको अनुभव छ । उनी एनबी बैंकसँग मर्ज भएको श्रीलंका फाइनान्समा पनि थिए । जनता बैंकले प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीको ‘सक्सेसर’ का रुपमा सुजितलाई ल्याएको हो । स्रोतहरुका अनुसार, आगामी दुई बर्षपछि अहिलेका डेपुटी सिइओलाई नै प्रमुख कार्यकारी बनाउने बैंकको तयारी छ । 

डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनका लागि प्रमुख कार्यकारी भइसकेकादेखि पुर्व र वहालवाला बैंकरले समेत आवेदन दिएका थिए । सबैलाई उछिन्दै शाक्यले बाजी मारेका हुन् । शाक्यले अब सिभिल बैंकमा तीन महिनाको नोटिस दिनु पर्छ । बैंकले तत्कालै उनलाई ‘रिलिज’ गरिदिए उनी जनता बैंक गइहाल्छन् । यदि तीन महिनासम्म ‘होल्ड’ गरेमा त्यसपछि मात्र जनता बैंक जाने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।