logo

जनता बैंक ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश

    1639   पटक पढिएको

२५ चैत्र /अर्थ र व्यापार - जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्ममा बैंकले ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

दश वर्ष अवधिमा बैंकको शाखा संख्या १२८, एटिम ९४ वटा तथा पचास शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै आएको छ । साथै बैंकिङ्ग यात्रामा निरन्तर साथ दिनुभएका हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।

दशौं वर्ष प्रवेशको यस शुभ–अवसरमा समाज प्रतिको दायित्व पुरा गर्न बैंकले चैत २३ गते बिहान बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गरेको थियो । यसैगरि ‘स्वस्थ्य नारी पहल’ अभियान अन्तर्गत केन्द्रीय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथली, कुन्तावेशी शाखा, काभ्रेपलाञ्चोक, सुर्खेत शाखा, विरेन्द्रनगर रुपनी शाखा, सप्तरीमा स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

बैंकले थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा बृहत रक्तदान कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन गरेको छ । साथै बैंकले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत जना विद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण गरेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।