logo

जनता बैंकको एकै दिन ६ वटा शाखा सञ्चालनमा

    1117   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - देशका विभिन्न ठाँउमा जनता बैंकले एकै दिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ सहित ६ स्थानमा शाखा खोलेको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकाको काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरेको बैंकले जनाएको छ । यस्तै उपत्यका बाहिरका बाग्लुङ बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलबाट नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरेका छन् काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरेका छन् । यस्तै थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ शाखाको बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरेका छन् ।

हालसम्म बैंकले १४१ स्थानमा शाखा सञ्चालमा ल्याएको छ । जसमा काठमाडांै उपत्यकामा मात्रै २३ शाखा रहेका छन् । यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ, १ सीमित बैंकिङ इकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटीएममार्फत उच्चस्तरीय बैंकिङ सेबा पुर्याउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।