logo

नबिललाई राम्रो संस्था खोजेर मर्ज गर्न लगानीकर्ताको सुझाब

    1429   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार - नबिल बैंकका शेयरधनीहरुले आफुभन्दा साना बैंकहरु कुम जोड्ने गरि आइसेकको हुँदा यस विषयमा छिट्टै विचार गर्न ब्यवस्थापन र सञ्चालक समितिलाई सुझाब दिएका छन्। 
बैंकको ३५ औं वार्षिक साधारणसभामा बोल्दै शेयरधनीहरुले एउटा सानो तर राम्रो बैंकलाई गाभ्न सुझाब दिएका हुन्। 

‘पछिल्लो समय बैंकहरु ठूला भए पनि बलिया हुन सकेका छैनन्। ती बैंक बलिया हुनुभन्दा अगाडि आफू पनि अझ ठूलो र बलियो हुन आवश्यक छ,’ एक शेयरधनीले भने, ‘बलिया छैनन् भन्दा भन्दै उछिनेको पत्तो नपाइने हुँदा यस विषयमा बैंकले विचार गर्न जरुरी छ।’

लगानीकर्ताको गुसानो सम्बोधन गर्दै अध्यक्ष शम्भुप्रसाद पौडेलले आवश्यक परेका खण्डमा मात्रै अर्को संस्था खोज्ने प्रतिक्रिया दिए। उनले भने ‘सञ्चालक समितिभित्र पनि कुनै एक संस्थालाई भित्र्याउने या नभित्र्याउने विषयमा छलफल भएको छ तर टुंगो लागेको छैन।’ 

अधिकांश लगानीकर्ताहरूले शाखा विस्तारसँगै आफ्नै पुँजीबाट बैंकलाई बलियो बनाउन सुझाव दिएका थिए। यस्तो सुझावलाई पनि पौडेलले सम्बोधन गर्दै भने ‘आवश्यक र्पयो भने जगेडा कोषबाट बोनस शेयर दिएर भए पनि पुँजी बढाउने विकल्प हामीसँग छ।’

व्यवस्थापनभित्र बैंकले एउटै संस्था लिएर बलियो हुन्छ कि धेरैवटा संस्था लिएर बलियो हुन्छ भन्ने विषयमा पनि छलफल भएको अध्यक्ष पौडेलले बताए। तर केही लगानीकर्ताहरुले अहिलेसम्म अन्य बैंकलाई मर्ज गर्नु नपर्ने अवस्था आएकोले भोलिका दिनमा पनि सकेसम्म मर्ज नगर्न सुझाएका थिए। पौडेलले हरेक लगानीकर्ताको सुझाव तथा गुनासोलाई तुरुन्तै सम्बोधन गर्ने प्रयास गरेका थिए। 

बैंकले दिएको लाभांश प्रति प्रश्न गर्दै अधिकांश लगानीकर्ताले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिनु पर्ने बताएका थिए। त्यसै पनि भोलिका दिनमा बैंकलाई पुँजी आवश्यक पर्ने भएको हुँदा नगद लाभांश नबाँडेको भए राम्रो हुने थियो भन्ने गुनासो साधारण शेयरधनीको थियो। 

धेरै लगानीकर्ताले बोनस शेयरको माग गरेपछि अध्यक्ष पौडेलले भने ’अहिले बोनस शेयर दिँदा तपाईहरुकै शेयर मूल्यमा गिरावट आउने छ। अहिले बोनस शेयर दियो बुक क्लोजपछि मूल्य समायोजन भएर दोस्रो बजारमा अझ मूल्य घट्ने हुँदा तपाईहरुका हितका लागि पनि बोनस शेयर भन्दा नगद लाभांश बढि लाभप्रदायक हुन्छ।’

युनिलिभरको उदाहरण दिँदै पौडेलले बोनस शेयर दिँदैमा कम्पनीको मूल्य घट्छ भन्ने नहुने बताए। युनिलिभरले अहिलेसम्म एक कित्ता बोनस शेयर नदिँदा पनि शेयर मूल्य सबैभन्दा धेरै छ। त्यसैले अर्को वर्ष धेरै लाभांश पाउनका लागि पनि बोनस शेयर लाभदायक नहुने उनले तर्क दिएका थिए। 

बैंकको जगेडा कोष तथा सञ्चित मुनाफासहित १३ अर्ब रुपैयाँ भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै नमस्या नभएको शेयरधनीहरुको तर्क थियो। अन्य बैंकहरु पुँजीको हिसाबले धेरै ठुला देखिए पनि नाफाका हिसाबले अझै पनि सानो भएको हुँदा अहिलेको विरासत कायम गर्न उनीहरुको आग्रह थियो। 

बैंकको निक्षेप तथा कर्जा लगानी अझै पनि केहि व्यक्ति तथा संस्थाहरुमा आश्रित भएकोले सर्वसाधारणहरुपमा पनि पुग्न उनीहरुले आग्रह गरेका थिए। अन्य बैंकहरुले भटाभट शाखा विस्तार गरिरहँदा नबिलको भने ९७ वटा मात्रै छ । किन शाखा विस्तारमा ध्यान नदिएको भन्दै प्रश्न उठेको थियो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।