logo

इन्भेष्टमेन्ट बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1180   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता गरिसकेको जेबिल्स फाइनान्सले लिलामीमा ल्याएको संस्थापक शेयर सकार्ने ब्यक्ति बैंकको संस्थापक शेयरधनी बन्नेछन् ।

जेबिल्स फाइनान्सले शेयर चैत ५ गते मंगलबारदेखि ३ लाख ४० हजार ९५५ दशमलव ५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । यसअघि लिलामी बिक्रीमा ल्याउँदा सबै बिक्री नभएपश्चात फाइनान्सको फेरि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।फाइनान्सको लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट चैत्र १३ गतेसम्म बुधबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्रमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा आवेदन गर्न सकिनेछ । बोलत्रप भर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

विगतमा लिलामी बिक्री नभएपनि हाल जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भएकाले यस पटक भने फाइनान्सको सबै संस्थापक शेयर बिक्री हुने सम्भावना छ । लिलामी मार्फत फाइनान्सको यो शेयर सकार्ने लगानीकर्ताहरु इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी हुनेछन् । फाइनान्सले यसअघि पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार ९५५ दशमलव ५० कित्ता र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२ दशमलव ५० कित्ता शेयर लिलामीमा ल्याएको थियो । सो समयमा सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो ।

कम्पनीले गत असार १० देखि साउन २८ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।