logo

इन्भेष्टमेन्ट बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1513   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता गरिसकेको जेबिल्स फाइनान्सले लिलामीमा ल्याएको संस्थापक शेयर सकार्ने ब्यक्ति बैंकको संस्थापक शेयरधनी बन्नेछन् ।

जेबिल्स फाइनान्सले शेयर चैत ५ गते मंगलबारदेखि ३ लाख ४० हजार ९५५ दशमलव ५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । यसअघि लिलामी बिक्रीमा ल्याउँदा सबै बिक्री नभएपश्चात फाइनान्सको फेरि लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।फाइनान्सको लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट चैत्र १३ गतेसम्म बुधबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्रमा न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा आवेदन गर्न सकिनेछ । बोलत्रप भर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

विगतमा लिलामी बिक्री नभएपनि हाल जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भएकाले यस पटक भने फाइनान्सको सबै संस्थापक शेयर बिक्री हुने सम्भावना छ । लिलामी मार्फत फाइनान्सको यो शेयर सकार्ने लगानीकर्ताहरु इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनी हुनेछन् । फाइनान्सले यसअघि पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार ९५५ दशमलव ५० कित्ता र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२ दशमलव ५० कित्ता शेयर लिलामीमा ल्याएको थियो । सो समयमा सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो ।

कम्पनीले गत असार १० देखि साउन २८ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।